सप्तरी । देशैभर विषयगत शिक्षकको अभावले गर्दा पठनपाठनमा समस्या भईरहेको हुनाले विद्यालयहरुले एकिकृत प्रणाली अपनाई शिक्षालाई सुधार गर्न हुन शिक्षा विद् डा.विद्यानाथ कोईरालाले आग्रह गरेका छन् । छिन्नमस्ता गाउँपालिकाको आयोजनामा र सेफ द सप्तरी तथा सेफ द चिड्रेनको सहयोगमा पहुच तथा गुरणस्तरीय शिक्षा सम्बन्धि कार्यशाला नामक कार्यक्रममा कोईरालाले यस्तो बाताएका हुन् ।
छिन्नमस्ता गाउँपालिकाको आग्रहमा शिक्षाको अवस्था बुझ्न विभिन्न विद्यालयहरु अवलोकन गरेका शिक्षा विद् विद्यानाथ कोइरालाले शिक्षक अभावका कारणले विद्यालयमा पठनपाठनमा समस्या भईरहेको शिक्षकहरुको गुनासोलाई सम्बोधन गर्दै विद्यालयमा रहेका शिक्षकहरुले एकिकृत प्रणाली अपनाई पठनपाठनलाई सहज गरी सुधार गर्न सकिने र पालिका भित्र रहेका शिक्षकहरुलाई दरबन्दि मिलान तथा सरुवा गरी शिक्षामा साकारात्मक परिवर्तन ल्याउन सकिने बताए ।
कार्यक्रममा पालिका अध्यक्ष विद्यानन्द चौधरीले वर्तमान शिक्षकहरुले नै शिक्षामा अमुलपरिवर्तन ल्याउने विश्वास लिएको बताए । कार्यक्रममा शिक्षा विद् विद्यानाथ काईराला लगायत विशिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजुदेवी यादव, प्रमुख प्रशासकिय अधिकृत ललन कुमार यादव, शिक्षाशाखा प्रमु्ख संतोश राय, वडा अध्यक्ष, १९ वटा सामुदायिक विद्यालयका प्राधानाध्यापक, शिक्षकहरु, सेफ द सप्तरीका र सेफ द चिड्रेनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
शिक्षालाई गुणस्तरीय बनाउन एकिकृत प्रणाली अपनाउन आग्रहः डा.विद्यानाथ कोईराला
शिक्षालाई गुणस्तरीय बनाउन एकिकृत प्रणाली अपनाउन आग्रहः डा.विद्यानाथ कोईराला

तपाईको प्रतिक्रिया