सप्तरी । छिन्नमस्ता गाउँपालिकामा शनिवार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सैयकडौं नेताकार्य कर्ता तथा आम जनताहरु डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ ।
सखडा स्थिति गाउँपालिकाको सभाहलमा बैजु यादव, लक्ष्मण यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित शिक्षा तथा सांस्कृतिक मन्त्रि तथा मधेश प्रदेश सभासद, महेश यादव, मधेश प्रदेश सभासद सतिश कुमार सिंहले पार्टीलाई पूर्ण समर्थन सहित आगामी चुनावमा पूर्ण बहुमतका साथ प्रदेश देखि वडा सम्मै जिताउँनु पर्ने बताए । कार्यक्रममा पार्टीका विभिन्न तहतपकाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश
तपाईको प्रतिक्रिया