सप्तरी । खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडक खण्डबाट प्रहरीके ५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलिले सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका–२ का १९ वर्षीय धर्मजीत कुमार यादवको साथबाट ५ राउण्ड राईफलको(३०३) गोलि फेला पारेको हो ।
प्रहरीके धर्मजित र उनको साथमा रहेको खडक नगरपालिका–११का १८ वर्षीय हरी शंकर कुमार यादवलाई समेत नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई पक्राउ गरी मुलूकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।