सप्तरी । मन–मनमा जसपा, घर–घरमा जसपा नारा सहित राजविराजस्थित जिल्ला समन्वय समितिको हलमा जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिले कार्यकता भेला कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार जिल्ला उपाध्यक्ष उमेश यादवको अध्यक्षता तथा जसपाको केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रमबाट उनीहरूले उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला समिति घोषणा समेत गरेको छ ।
समितिको सदस्यहरुमा निलेश कुमार झा, शशि देवी यादव , जिवछ मंडल चन्द्र नारायण यादव, पुनम राय, संतोष मंडल ,निलम कुमारी साह, बिजली यादव, धनराज मंडल, मो.हजरत मियाँ, गठरू चौधरी, पवित्रा कुमारी चौधरी, घुरन कुमार यादव,सुर्य कुमार यादव, शक्ति यादव, केशोरी कुमारी साह, खुशवु यादव रहेका छन् ।
भने भोला साह, निरज मुक्ति, सुचिता यादव,विजय यादव,रीता देवी मंडल, राम सागर यादव,ब्रहमदेव साह,सोनावती खंग, अभिनव यादव, ममता कुमारी यादव, उमेश यादव, शिव नारायण यादव, संजय कुमार मिश्र, जय प्रकाश यादव, रामवती देवी खंग, विमला देवी,जितेन्द्र कुमार साह, रामचन्द्र यादव छन् ।
त्यस्तै दिलिप चौधरी, उपेन्द्र मंडल, राम काढत चैधरी, भाग्य नारायण यादव, चित्र बहादुर मगर, कलिम अलि, दयानन्द गोइत, मुखा लाल यादव, वविता मंडल, विरेन्द्र चौधरी,कल्पना चौधरी, रामेश्वर चौधरी, रामेश्वर यादव, विन्देश्वर राउत, सिता साह, कपलेश्वर साह, महेश दास, गुलाब यादव, गुलजारी देवी यादव , प्रकाश साह रहेका छन् ।
यसअघिको केदार यादवको नेतृत्वको जिल्ला कार्यसमिति निष्क्रिय रहेको तथा पार्टीको हितको लागि काम नगरिरहेको भन्दै जसपाको एक पक्षले नयाँ जिल्ला कार्यसमिति गठन गरेको जनाइएको छ । यता जसपा, सप्तरीका अध्यक्ष केदार यादवले भने सुचना जारी गरेर उक्त भेलालाई जसपाको कार्यकर्ता भेला नरहेको बताउँदै आएका छन् ।
उक्त कार्यक्रममा मधेश प्रदेशको पुर्व अर्थमन्त्री तथा जसपा नेता शैलेन्द्र प्रसाद साह, जसपा नेता शम्भु झा, सुर्य नारायण यादव, बालकिशोर यादव, भिमराज यादव, दिपक यादव, विनोद चौधरी, दयानन्द गोइत, तारकेश्वर यादव, सतनारायण यादव, निरज मुक्ती, सुरेन्द्र यादव, वेचु साह जसपा निकट विद्यार्थी संघका शिवम यादव, अनिल यादव लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।