सिरहा । समाजवादी विद्यार्थी युनियन नेपालको आठै जिल्लाहरू मा इन्चार्ज चयन गरिएको छ।
समाजवादी विद्यार्थी युनियन नेपाल मधेश प्रदेश समितिको पदाधिकारीको सिराहाका लाहान स्थित जे एस मुरारका बहुमुखी क्याम्पसमा शनिबार बसेको बैठक बाट सो ८ जिल्लाका इन्चार्ज चयन गरिएको हो।
चयन गरिएको अनुसार सप्तरी जिल्ला इन्चार्ज –चन्द्रशेखर यादव ,सिरहा जिल्ला इन्चार्ज – तारकेश्वर यादव ,धनुषा जिल्ला इन्चार्ज – बिबेक दास,महोत्तरी जिल्ला इन्चार्ज – बिकास यादव ,सर्लाही जिल्ला इन्चार्ज – राधेश्याम यादव ,रौतहट जिल्ला इन्चार्ज – आमिन राईन,बारा जिल्ला इन्चार्ज – ललन यादव, पर्सा जिल्ला इन्चार्ज – शत्रुधन यादव रहेका छन्।
समाजवादी विद्यार्थी युनियनका मधेस प्रदेशका अध्यक्ष दिपेश कुमारको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष रमेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा आर्थिक गतिविधिको बारेमा छलफल गर्दै प्रत्येक जिल्ला कमिटीहरूलाई पुनर्गठन गर्ने समेत निर्णय गरिएको थियो। आयोजित बैठकमा विशिष्ट अतिथिको रुपमा केन्द्रीय उपाध्यक्ष मनिष यादव प्रदेश इन्चार्ज बरुण यादव समेतको उपस्थिति रहेको थियो