राजविराज । सप्तरीबाट १० क्विन्टल ६ किलो लागूऔषध गाँजा बरामद भएको छ । जिल्लाको खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट टिपरमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको सप्तरी प्रहरीका सुचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए । उनका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को।१ख ५८३१ नम्बरको टिपरबाट गाँजा भेटिएको हो ।
टिपरमा तल गाँजा राखी बालुवाले छोपेर ल्याउने क्रममा समातिएको प्रहरीले जनाएको छ । उक्त गाँजासहित टिपर चालक धनकुटाको शहिदभूमी गाउँपालिका ४ बस्ने ३२ बर्षका विशेष राईलाई पक्राउ गरिएको छ ।
गाँजासहित पक्राउ परेका राईको साथबाट रू १ लाख ागद समेत बरामद भएको र अन्य अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । गाँजासहित पक्राउ परेकालाई शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।