जनकपुर । प्रदेश स्तरीय कवि–गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । हिजो (शुक्रवार) जनकपुरको एक होटलमा छैठो बलिदानी दिवसको अवसरमा मधेश प्रज्ञापतिष्ठाको आयोजनामा उक्त कार्यक्रम कवि र कवित्रिहरु विच सम्पन्न भएको प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले जानकारी दिए ।
यादवले प्रतिष्ठानका स्थापनाले मधेश प्रदेशमा भाषा, साहित्य, संस्कृति लगायत विभिन्न विधामा लागेकाहरुको उच्च सम्मान हुन लागेको बताए । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कपडीले भविष्यमा पनि मधेशमा छरिएर रहेका प्रतिभाहरुको संरक्षरण,सम्वर्वदनका लागि आफु सदैव प्रयासरत रह्ने प्रतिवद्धता समेत जनाएका थिए ।
आठै जिल्लाका सहभागि रहेका खुला कवि गोष्ठीमा मधेश प्रदेशमा बोलिने मैथिली, भोजपुरी, मगही, नेपाली, बजिका, हिन्दी लगायतका भाषामा कविता बाचन भएको थियो। मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसका रुपमा मनाउँदै आएको छ ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा बलिदानी दिवस मनाउन थालिएको हो । बलिदानी दिवसकै सम्झनामा प्राविधिक कढिनाईका कारण केहि समय ठिलो गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिए ।