राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा बिहीवार तालाबन्दी गरिएको छ । सदस्यता शुद्धिकरणमा भेदभाव र पक्षपात गरेको विरुद्धमा स्थानीय पत्रकारहरुले तालाबन्दी गरेको हो ।
महासंघका पुर्व अध्यक्ष विष्णु कुमार मण्डल, जितेन्द्र खड्गा र वरिष्ठ पत्रकार शिव नारायण साह सुरजको नेतृत्वमा पुगेका पत्रकारहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा योगदान गरेका वरिष्ठ पत्रकार तथा क्रियाशिल पत्रकारहरुको नाम सदस्यताबाट हटाउने सूचीमा राखी सिफारिस गरेको विरुद्धमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको पुर्व अध्यक्ष जितेन्द्र खड्गाले बताए ।
उनले सप्तरीको पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारहरुको सदस्यता नविकरण गर्नुपर्ने माग गरे ।
उनले आफुहरुमाथि महासंघले विभेदपुर्ण निर्णय गरि सदस्यताबाट हटाएकोले बाध्य भएर आन्दोलनमा जानु परेको बताए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता सुद्विकरणको नाममा पक्षपात गरि सदस्यता नविकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको र साधारणसभाको मिति ३ दिनभित्र घोषणा गरि महासंघमा कायम सम्पुर्ण सदस्यहरुलाई सहभागी गराउन माग गर्दै तीन दिने अल्टिमेटमसहित महासंघका अध्यक्ष श्रवण कुमार देवलाई यस अघि उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।
तालाबन्दी कार्यक्रममा पत्रकार हेम शंकर सिंह, सुमन मिश्र, सौरभ यादव, नर्मदेव यादव लगायतको उपस्थिति थियो ।
सम्भारः क्रान्ति केन्द्रबाट