बोदेबरसाईनमा नेपाल तरुण दलको २१ सदस्य समिति गठन
राजविराज । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल सप्तरीले बोदेबसाईन नगरपालिकामा तदर्थ कार्य समिति गठन गरेको छ ।
बुधवार राजकिशोर यादवको संयोजकत्वमा बोदेबरसाईमा २१ सदस्यीय तदर्थ समिति गठन भएको नेपाल तरुण दल सप्तरीका अध्यक्ष अर्जुन कुमार यादवले जानकारी दिए । यादवका अनुसार समितिको गढन दरुण दलको मुल्य मान्यताको ख्याल राख्दै जनताको हक, अधिकार, दुःख सुःखमा कामगर्न उक्त समिति गठन गरिनुको साथै संगठन विस्तार नै मुख्य उदेश्य रहेको बताए ।
कार्यक्रममा बोदेबरसाईनका नगर सभापति दिपेन्द्र कुमार यादवको सभापतित्व रहेको थियो । भने नेपाली काँगे्रस क्षेत्र नं. ४का सभापति श्री सिताराम साह, विशेष अतिथि सप्तरी जिल्लाका संगठन विभाग प्रमुख बद्री महातमान यादव, जिल्ला कार्यसमिति तथा प्रवक्ता नन्द किशोर यादव, पूर्ब क्षेत्रीय सभापति खगेन्द्र प्रसाद यादव एवं अतिथिको तरुण दलका केन्द्रिय सदस्य अशोक कुमार शाह, तरुण दल जिल्ला अध्यक्ष अर्जुन यादव लगायत नेपाल तरुण दल निकट नेताकार्य कर्ताको उपस्थिति रहेको थियो ।