जसपा नेपालमा रमेश यादव सहित २ सय १५ सदस्यीय केन्द्रीय समिति गठन
राजविराज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति गठन गरेको छ । जसपा अध्यक्ष यादवले समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष रमेश यादव सहित २ सय १५ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्नुभएको हो ।
९ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष यादव, रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमारसिंह यादव, मनीषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा सदस्य रहनुभएको छ । विद्यार्थी जिवनबाटै राजनितिमा सक्रिय रहेका यादव सप्तरी बोदेबरसाईन निवासी हुन् ।
अशोक राई समूहले पार्टी विभाजन गरेपछि यादव पक्षले जेठ २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गरेको थियो ।