साउत देखि तलब नपाएपछि हनुमाननगरका शिक्षक आन्दोलित
रुपेश यादव, राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरुले तीन महिनादेखि तलब तलब नपाएपछि शिक्षकहरु आन्दोलिनमा उत्रेका छन् ।
तलब नपाएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलबको माग गर्दै उनीहरुले आइतबार नगरपालिका अगाडि धर्ना दिएका हुन् । तीन महिनाको तलब तथा दशैं भत्ता यथासिघ्र पाउनुपर्ने शिक्षकहरूको माग रहेको छ । आन्दोलित शिक्षकहरुका अनुसार पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि नगरपालिका परिसरमा धर्ना दिएर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताए।
नगरपालिकाका प्रमुख र वडा अध्यक्षबीच भएको विवादका कारण हालसम्म नगर परिषद् बैठक हुन नसकेपछि शिक्षकसहित नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्। शिक्षकहरू आन्दोलनमा गएपछि त्यहाँका सबै विद्यालयको पठनपाठन ठप्प छ ।