सप्तरी प्रहरीले एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ गरे
राजविराज, रुपेश यादव । सप्तरी प्रहरीले एकै दिन २४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन बमोजिम सजाय पाईसके पश्चात फरार रहेका प्रतिवादीलाई आइतबार प्रहरीको टोलीले गाउँघरबाटै नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार पक्राउ पर्नेमा चोरी गरेको कसुरमा दुई जना, लेनदेनमा एक, कुटपिटमा १२ जना, जालसाजी ५ जना, शिक्षा सम्बन्धीमा २ जना र लागुऔषध कसुरमा २ जनाको प्रतिवादी रहेको बताएका छन् ।
उनीहरूमा पाँच रूपैयाँ जरिवानादेखि सात दिन कैदसम्मको प्रतिवादी रहेको जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई सम्वन्धित निकायमा पठाई सकेको बताए ।