रुपेश यादव, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेकपा एकिकृति समाजवादी पार्टी(नेकपा एस)मा दर्जनौ युवाहरु प्रवेश गरेका छन् । स्थानिय युवा अजय कुमार यादवको नेतृत्वमा एक दर्जन युवाहरु नेकपा एस प्रवेश गरेका छन् ।
शुत्रवार वड नं. ४ का अध्यक्ष सुर्य नारायण यादवको अध्यक्षतामा शुभ दिपावली, भाई टिका एवम् छठ पर्वको उपलक्ष्यमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा स्थानिय युवाहरु पार्टी प्रवेशका हुन् ।
छिन्नमस्ता गाउँपालिकामा नेतृत्वले यादव र गैर यादवको नारा लगाई विकासको नारालाई ओझेलमा राख्ने काम भईरहेको नेकपा एस प्रदेश कमिटि सह–ईन्चार्ज जय प्रकाश यादवले कार्यक्रममा मनतव्य राखे । यादवको अनुसार पालिकामा स्थानिय नेतृत्वले जातीय नारा लगाउँन नछोडेसम्म विकासको काममा क्रान्ति नआउँने बताए ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि (नेकपा एस)का जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीले वर्तमान छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी झुठ बाहेक साचो बोल्नै नजानेको कटाक्ष गरे । चौधरीले चौधरीलाई स्थानिय टुक्का “झुठ बोल से, तुक मिलब स”े भन्दै युवाहरुमा झुठको माहिर युवा खेलाडी वर्तमान पालिका अध्यक्ष विद्यानन्द चौधरी भएको कठा कटाक्ष गरे ।
त्यस्तै शुभकामना आदानप्रदान कार्यक्रम नेकपा एस जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, प्रदेश कमिटि सह–ईन्चार्ज जय प्रकाश यादव, पालिका कमिटि अध्यक्ष सत्यदेव मण्डल, वडा कमिटि अध्यक्ष भागवत साह, छिन्नमस्ता गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सूर्य नारायण यादव लगायत स्थानिय महिला नेतृ, युवाहरुको उपस्थिति रहेको थियो ।