एक महिनामा सप्तरीमा ६६ जना फरार प्रतिवादीहरुलाई पक्राउ , तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर
रुपेश यादव/सप्तरी । सप्तरी प्रहरीले पछिल्लो एक महिनामा ६६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतले सजाय र जरिवाना तोकेपनि फरार रहेकाहरुमध्ये पछिल्लो एक महिनामा ६६ र चालु वर्षको साउन , भदौ र असोजमा 6 गरी जम्मा ७३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले एक महिने कार्य सम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
पक्राउ गरिएका प्रतिवादीहरुलाई चारवर्ष दुई महिना ११ दिन भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर गरिएको एसपी खतिवडाले बताएका हुन् । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ ।
पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ४६ लाख ६९ हजार ६ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । एसपी खतिवडाका अनुसार भन्सार छलीमा लागेका १० जनालाई नियन्त्रणमा लिएको र जिल्लामा ४ हजार फरार प्रतिवादीहरु रहेको बनाएका छन ।