छिन्नमस्तामा वडा नं. ४ पनि बालविवाह मुक्त घोषणा
सप्तरी । ” नै करू विचाहके वात , वियाह करू विस वर्ष के वाद ” भन्ने मुल नाराका साथ छिन्नमस्ता गाउँपालिका वडा नं ४ बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
बुधबार वडाको मावि विद्यालयमा गाउँपालिका वडा कार्यालय को आयोजना र सेभ द सप्तरी को सहयोग तथा सेभ द चिल्ड्रेनको सहकार्यमा भएको कार्यक्रममा बालविवाह मुक्त वडा घोषणा भएको वडा अध्यक्ष सुर्यनारायण यादवले जानकारी दिए ।
कार्यक्रममा वालविवाह मुक्त पालिका बनाउन राष्ट्रिय रणनिति, अभियान , प्रचलित कानुन , वालविवाह के हो, वालविवाहले पार्ने असर तथा कानुनमा गरेको दण्ड सजायको वारेमा वक्ताहरुले विस्तृत जानकारी गराए ।
पालिका को वडा नं.१, २ र ६ पछि वडा नं. ४ वालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडा अध्यक्ष सुर्य नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्रि गोविन्द न्यौपाने, नेकपा (एस) का नेता जयप्रकाश यादव , उपाध्यक्ष राजु देवी यादव , वडा नं . १ का वडा अध्यक्ष ललन प्रसाद यादव, वडा नं . २ का वडा अध्यक्ष सिकेन्द्र प्रसाद साह, वडा नं . ७ का अध्यक्ष अच्छेलाल यादव , सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, कर्मचारी लगायत स्थानिय अगुवा , नेता, बुद्धिजिवि , वालवालिकाको उपस्थिति रहेको थियो ।