पत्रकार महासंघ सप्तरीसँग नेपाल बीमा प्राधिकरण कार्यक्रम सम्पन्न
रुपेश यादव, सप्तरी । पत्रकार महासंघ सप्तरीसँग नेपाल बीमा प्राधिकरण कार्यक्रम सम्पन्न भएको छ ।
विहिवार नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजानामा जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम विमा किन गर्ने, को मर्फत गर्ने, कसरी गर्ने, कति शुल्क लाग्छ, कहाँ गर्ने, बिमाको किसिम लगायतका विषयमा प्राधिकरणले जानकारी दिए ।
नेपालमा विमा सम्बन्धि उचित जानकारी र सचेतना अभावका कारण नेपालमा बिमा अबद्धतामा कमि देखिएको नेपाल बिमा प्राधिकरण मधेश प्रदेश प्रमुख प्रिति देवले गुनासो समेत गरेका छन । प्रमुख देवका अनुसार जानकारी अभावका कारण दैनिक ७ रुपैया पर्ने विमा समेत नागरिक नगर्नु दुर्भाग्य रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्लाका पत्रकार , जिसस प्रमुख, शिव नारायण साह , प्राधिकरणका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।