राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव विद्यालय शिक्षा सूधार गर्न निर्दय बन्दै गएको छ ।
गाउँपालिका अन्तर्गत रहेक विद्यालयमा दैनिक अनुगमन गरी विद्यालयमा रहेका कमि कमजोरी लाई सुधार गर्न शिक्षक कर्मचारीहरुलाई सल्लाह सुझाव सँगै निर्देशन समेत दिदै आईरहेका छन ।
शिक्षणशिकाईलाई थप बलियो बनाउन आज आईतबार पालिकामा २ वटा विद्यालय अनुगमन गरि समयमै नआउने १० मिनेट ढिलो आउने शिक्षक कर्मचारी दैनिक जसोको अनुगमनले उक्त समस्यको अन्त्य समेत भएको अध्यक्ष यादवले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार पालिकाको वडा नं. १ मा रहेको जनता मावि खुरहुरिया र वडा न ४ मा रहेको जनता मावि कनकट्टा को अनुगमनको क्रममा थनकिएर राखिएको मावि कनकट्टामा कम्प्युटर कक्षा संचालन प्रभावकारी बन्दै गएको बताए ।
यादवका अनुसार स्थानिय गाउँले शिक्षकलाई यसै महिनामा अर्को गाउँमा सार्ने पालिकाले निर्णय समेत गरेको बताए । यसले स्थानिय शिक्षकले गर्ने अटेरी को अन्त्य गर्ने बताए ।