नेपाल पत्रकार महासंघ सप्तरीमा तालाबन्दि
रुपेश यादव,सप्तरी । प्रेस मंच नेपाल सप्तरीले नेपाल पत्रकार महासंघ सप्तरीमा तालाबन्दि गरेका छन् ।
आसन्न महासंघको निवार्चनमा नेपाल पत्रकार महासंघ सप्तरीको सदस्यता नामावली हालसम्म केन्द्रले सार्वजनिक नगरेको कारणले महासंघ सप्तरीमा ताला लगाएका हुन् ।
आज नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा मनोनयन दर्ता गर्ने दिन सम्मपनि सप्तरीको सदस्यता टुंगो नलगाई केन्द्रले महासंघको निर्वाचनमा गराउनु बदनियत मनोमानि भएको प्रेस मंच नेपालको ठहर छ ।