जनमत पार्टी छिन्नमस्ताले संघ र प्रदेशमा परेका शर्सतका योजना कार्यान्वयन गर्न बुझाए पालिमा ज्ञापन पत्र
सप्तरी । संघ र प्रदेशमा परेका शर्सतका योजना कार्यान्वयन गर्न छिन्नमस्ता गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।
आज (शुक्रवार)जनमत पार्टी छिन्नमस्ताले गत आर्थिकमा शर्सतका काम हुन सकेका सातवटा योजनाको जानकारी सहित चालु आर्थिक वर्षमा परेका विभिन्न १० वटा योजनाको काम समयमै कार्यान्वयन गर्न प्रक्रिया सुरू गराईदिन ज्ञापन पत्र बुझाएको जनमत पार्टीका पालिका अध्यक्ष विनोद यादवले जानकारी दिए ।
यादवका अनुसार ज्ञापन पत्र बुझ्दै प्रशासकिय अधिकृत केशब झाले समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको यादवले बताए । शर्सतका योजना कार्यान्वयन समय मै नभए पालिका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने यादवको भनाई छ ।
ज्ञापन पत्र बुझाउन जनमत पार्टीका पालिका अध्यक्ष विनोद यादव , वडा नं २ का वडा अध्यक्ष सिकेद्र साह लगायत दर्जन नेता कार्याकर्ताको सहभागी रहेको थियो ।