मविव क्याम्पस राजविराजको नि. क्याम्पस प्रमुखको जिम्मेवारी रामअशिष, नन्दकिशोरको संयोजकत्वमा निर्वाचन समिति गठन
रुपेश यादव, राजविराज । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको नि. क्याम्पस प्रमुखको जिम्मेवारी रामअशिष यादव ले पाएका छन् ।
रिक्त रहेका क्याम्पस प्रमुखको जिम्मेवारी त्रिवि उपकुलपति प्राडा केशव जंग बराल ले फागुन २१ गते शैक्षिक, प्रशासनिक र आर्थिक काम काज सहित को जिम्मा यादवलाई दिएको क्याम्पस प्रशासनले जानकारी दिएका हुन् ।
नि. क्याम्पस प्रमुखको जिम्मेवारी पाएका यादवको आजै बुधवार पदस्थापना समेत भएका छन् । पदस्थापना सँगै यादवले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन समेत गठन गरेका छन् ।
निर्वाचन समितिमा शिक्षण सहायक नन्दकिशोर यादवको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन समिति गठन गरेको प्रमुख रामआशिष यादवले जानकारी दिए ।