सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नाराका दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न
रुपेश यादव, सप्तरी । “सीप सिखु आत्म निर्भर बनु ” भन्ने मुल नाराका दिई तिन महिना देखि संचालित सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, राजविराजको आयोजना शुरुभएको तिन महिने सिलाई कटाई तालिम आज मंगलबार तिरहुत गाउँपालिका वडा नं १ तिरकोलमा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
तालिम अवधिमा सहभागी १५ जनालाई विभिन्न प्रकारका लुगाहरु सिलाईकटाई गर्न सिकाईएको कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय, राजविराजको कार्यालय प्रमुख रेखा यादवका अनुसार तालिमले विपन्न महिलाहरुलाई दक्ष जनशक्तिको रूपमा बदलिएको बताए ।
यादवले महिलाहरुलाई उद्यमी तालिमले सबल बनाउने र उद्योग दर्ता गरी उद्यमी बन्न समेत आग्रह गरेका छन् । कार्यक्रममा उपस्थित वडा नं १ का वडा अध्यक्ष शिव नारायण महतोले तालिमले महिलाहरुमा जागरुकता ल्याउने बताएका हुन् ।