सप्तरीका वासिन्दाहरुलाई यातायात सम्बन्धी सम्पूर्ण कामकाजको लागि सिरहाको लहान धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । सावारी साधनका विभिन्न कामको लागि राजविराजबाट ३० किलो मिटर यात्रा गरेर १० मिनेटको कामको लागि दिनै विताउनुपने बाध्यताको अन्त्य हुने निश्चित भएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादवले राजविराजमा छिटै नै यातायात व्यवस्थापनको कार्यालय संचालनमा आउने बताए । यादवका अनुसार प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री राम सरोज यादव समेत यस विषयमा सकारात्मक रहेको बताए । अब बस्ने प्रदेश २ को क्याबिनेटको बैठकबाट राजविराजका यातायातको व्यवस्थापनको कार्यालयको सम्पूर्ण कामकाजवारे निर्णय हुने विश्वास योजना रहको बताएका छन् ।
विद्यर्थी नेता यादवले यातायात व्यवस्थापन कार्यालयको पक्षमा सधैं कुरा उठाउँदै आएको दावी गर्दै भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत जनताको समस्यालाई ध्यानमा राखि यस मामिलामा प्रदेश सरकारका विभिन्न मन्त्रीहरुसँग छलफल गरी सकेको उनले बताए ।
यायातात व्यवसायी संघ राजविराजका अनुसार ५ हजार भन्दा बढी ठुला र साना सवारी साधन रहेको भन्दै सानो कामले पनि लहान वा इटहरी जानु पर्ने बाध्यता रहेको कारण अति नै समस्या भई रहेको बताए । व्यवसायीका अनुसार ३० वर्ष अगाडी राजविराजमै यातायात सम्बन्धी सम्पूर्ण कामकाज हुन्थ्यो तर कार्यालयको स्थानान्तरण भएको दिनदेखि जिल्लाभरिका मोटरसाइकल तथा अन्य सवारी साधनका लाखौं धनि समस्या भोग्न बाध्य रहेको अन्त्य नभएको जनगुनासो कायमै रहेका छ । भारतको जयपुरको नक्शामा बसाईएको राजविराजको विकासमा जनप्रतिनिधि र केन्द्रिय सरकारको पनि ध्यान जान सकेको छैन् ।