नेकपा (एमाले)को प्रथमविधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु भएको छ । अध्यक्ष केपीशर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल हुनलागेको हो । छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै सुरु भएको छ । समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ।
आज बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ । तेस्रो दिनअसोज १७गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ। शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् ।महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ।
नेकपाएमालेकोको विधानअधिवेशनमा तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु, आजै बस्ने पूर्ण बैठकमा समूहगतनिष्कर्ष प्रस्तुतगरिने
नेकपाएमालेकोको विधानअधिवेशनमा तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु, आजै बस्ने पूर्ण बैठकमा समूहगतनिष्कर्ष प्रस्तुतगरिने

तपाईको प्रतिक्रिया