नेपालले माल्दिभ्समाजारी १३ औं संस्करणको साफच्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
मालेमाभएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजितगर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८६ औं मिनेटमा निर्णायकगोल गरे । काउन्टर अट्याकमा घरेलु टोलीकातीन डिफेन्डरलाई बिट गर्दै उनले उत्कृष्ट गोल गरेका थिए । नेपालको लागिउनको यो दोस्रो गोल हो । मनिषखेलको ८० औं मिनेटमा नवयुगश्रेष्ठको स्थानमा मैदानप्रवेश गरेका थिए ।
नेपालविरुद्धको खेलमा अधिकांस समय पकड जमाएपनि माल्दिभ्स गोल गर्न चुकेको थियो । माल्दिभ्सका केहि उत्कृष्ट प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंकजोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदला समेत लिएको छ । ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो ।
नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९ सय ९९ को साग खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो । यस्तै नेपालले पहिलो पल्ट साफच्याम्पियनसिपमा माल्दिभ्सलाई हराएको हो । अब नेपालले दोस्रो खेलमाश्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।