जसपा निकट समाजवादी महिला संघले छिन्नमस्ता गाउँपालिका स्तरिय समिति पुनरगठन गरेको छ । आईतावार छिन्नमस्ता गाउँपालिकाको सामुदायिक भवनमा भएको महिला संघको भेलाले समाजवादी महिला संघको गाउँपालिका समितिलाई पूर्णता दिएका हुन । भेलाले ललिता देवी यादवका अध्यक्षतामा २९ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश समितिका सदस्य किशोर कुमार यादवले महिला सशक्त भए मात्र देश र प्रदेशको विकास सम्भव रहेको उनले बताउनुभयो । यादवले महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर, महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाहरु अधिकारी प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताएका छन् । अधिकार खोज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने उनले बताए ।
त्यस्तै , जसपाका जिल्ला अध्यक्ष केदार यादवले सम्बोधनको क्रममा मधेश सरकारले महिलाहरूलाई ५० प्रतिशत अधिकार सुनिश्चित गरेको बताए । महिला शिक्षित, जागरुक र अधिकार सम्पन्न नभएसम्म परिवर्तनको कल्पना समेत गर्न सकिदैन् उनले भने । यादवका अनुसार आगामी चुनावमा महिलाहरुले सशक्त भएर स्थानिय चुनावमा मात्र नभई प्रदेश र संघसम्मको चुनावमा जसपामय बनाउन तर्फ लाग्न देशैभरका सम्पूर्ण महिला दिदि, बहिनिहरुमा आग्रह समेत गरेका छन् ।
समाजवादी महिला संघको भेलामा जसपाका मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादज, सदस्य किशोर कुमार यादव ९केसी०, सदस्य सत्यनारायण यादव, जसपा सप्तरीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समाजवादी महिला संघ सप्तरीका कार्यबाहक अध्यक्ष प्रमिला साह, प्रमुख अतिथिका रुपमा मधेश प्रदेशका सांसद नेत्र विक्रम साह लगायतका उपस्थिति रहेको थियो ।
जसपा निकट समाजवादी महिला संघको छिन्नमस्ता गाउँपालिका स्तरिय समिति पुनरगठन, अध्यक्षमा यादव सहित २९ सदस्य
जसपा निकट समाजवादी महिला संघको छिन्नमस्ता गाउँपालिका स्तरिय समिति पुनरगठन, अध्यक्षमा यादव सहित २९ सदस्य

तपाईको प्रतिक्रिया