जसपाबाट छिन्नमस्ता गाउँपालिका अध्यक्ष यादवको नाम प्रस्ताव
१७ चैत्र २०७८गते
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छिन्नमस्ता गाउँपालिका अध्यक्ष पदका उम्मेदवारका लागि जसपाका मधेश प्रदेश समितिका सदस्य किशोर कुमार यादव (केसी)को नाम प्रस्ताव भएको छ ।
छिन्नमस्ता गाउँपालिका कार्यसमितिको १५ गतेबसेको बैठकले गाउँपालिका अध्यक्ष पदको उम्मेदवारका लागि यादवको नाम सर्वसम्मतले प्रस्ताव गरिएको हो ।
जसपाका गाउँपालिका अध्यक्ष दिनेश कुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा यादव गाउँपालिका अध्यक्ष पदको लागि छिन्नमस्ता–४ लालापट्टि निवासी केसीको नाम प्रस्ताव गरेका छन् । अध्यक्ष पदमा यादवलाई नै उम्मेदवार बनाउने सर्वसम्मतले निर्णय भएको जसपा जिल्ला समन्वय समितिको पत्रमा उल्लेख गरिएको छ ।
झण्डै २० वर्षदेखि विद्यार्थी राजनिति क्षेत्रमा लागेर विद्यार्थीको हकहितका लागि सयौं पटक थुनामा परेका केसी यादव युवा नेता हुन । गरिब विपन्न र पछाडी पारिएकाहरुको हकअधिकार सुनिश्चित गराउनेतर्फ समेत आवास उठाउँदै आएका छन् ।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षको लागि २ जना प्रत्यासीहरुको नाम प्रस्ताव गरिएको छ । उपाध्यक्षमा वडा नं.७ हाटी निवासी तृष्णा कुमारी मण्डल र पिन्की कुमारी ठाकुर वडा नं. ५ लोखरमकी निवासीको उम्मेदवारी प्रस्ताव गरेका छन् । साथै सातवटै वडा अध्यक्षको पनि नाम सिफारिस गरिएको मधेश प्रदेश सदस्य किशोर कुमार यादवले जानकारी दिएका छन् । किशोर कुमार यादव पूर्व राजपा पक्षका नेता हुन् ।