१९ चैत्र २०७८
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी पूर्व उपाध्यक्ष उम्मेदवार प्रमिला साहले पूर्व नयाँ शक्ति अर्थात जसपा परित्याग गरेकी छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पूर्व उपाध्यक्ष उम्मेदवार साहले जसपा छाडेकी हुन् । छिन्नमस्ता उपालिका ६ की उम्मेदवार साहले आज शनिवार कोचावखारीमा भएको नेपाली काँग्रेसका पार्दी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेकी छन् ।
काग्रेस जिल्ला सभापति रामदेव साहका, महाधिवेशन प्रतिनिधि नन्दकिशोर यादज, छिन्नमस्ता गाँउपालिका सभापति कुलानन्द यादव र ६ नम्बर वडा सभापति रामचन्द्र मण्डलको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमिला साह लगायत दर्जनौ जनता काँग्रेस पार्टी प्रवेश गरेका हुन् ।
पार्टीमा व्यक्तिवादी हाबी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मूल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता प्रवृत्तिले गर्दा पार्टी परित्याग गरेको पूर्व उपाध्यक्ष उम्मेदवार साहको आरोप छ ।
पार्टी प्रवेश कार्यक्रममा काग्रेस जिल्ला सभापति रामदेव साहका, महाधिवेशन प्रतिनिधि नन्दकिशोर यादज, छिन्नमस्ता गाँउपालिका सभापति कुलानन्द यादव र ६ नम्बर वडा सभापति रामचन्द्र मण्डल, गाउँपालिका सचिव अनिल यादव, विभिन्न सात वडाका सभापति लगायतको उपस्थिति रहेको थियो ।