राजविराज। शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेका छन् ।
माध्यामिक तह पदका लागि १ हजार ५ सय ५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८ सय ८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् ।
परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सक्ने आयोगको भनाई छ ।
परीक्षाको नतिजा तल दिएको लिंकमा हेर्नुहोला ।
https://tsc.gov.np/news?id=176