काठमाडौं । शनिबार राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर नमूना मतदान गरिएको छ ।
कार्यक्रममा काठमाडौं उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका हुन् । नमूना मतदान तालिममा उपस्थित भएकाहरूले गरेका थिए।
यस्तै, सर्वसाधारणलाई पनि मतदान गर्ने प्रक्रिया सिकाइएको थियो। वैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन देशभर एकैपटक हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान गर्दै तालिमहरू दिँदै आएको छ।
निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन्।