राजविराज । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी मार्फत मतदान गर्न पाउने जनाएको छ । आयोगका अनुसार शारीरिक रुपमा अशक्त वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्य मार्फत मतदान गर्न पाउने छन् ।
त्यसरी मतदान गर्नका लागि गोप्य स्थानमा गई एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्छ । आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।
‘कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ ।
व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको व्यहोरा स्पष्ट हुन सरोकारवालाहरूलाई आयोगले आग्रह गरेको छ ।