निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार हुने निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए ।
उनले यसअघि नै विभिन्न राजनीतिक दलका ३ सय ५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी गराए ।
स्थानिय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल तोकिएको छ, भने २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्ने पनि आयोगले जानकारी दिए ।
निर्वाचनबाट ३५ हजार २ सय २१ जना निर्वाचित हुन्छन् भने निर्विरोध निर्वाचित भएका बाहेकका पदमा मतदान हुनेछ । निर्वाचनमा ११ लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा उम्मेदवार प्रतिस्पर्धामा रहेको छ ।