शुक्रवार हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगलेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
पहिलाको तुलनामा आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ नयाँ विधि प्रक्रियाहरु अपनाएका कारण निर्वाचन अभियानमा हुने खर्च विगतको तुलनामा धेरै नै बढ्ने अनुमान आयोगको रहेका छ ।
निर्वाचन प्रचारको क्रममा ध्वजा पताका, ब्यानरहरु,आचारसंहिता विपरीत धेरै गाडीहरु, कतैकतै विदेशी नम्बर प्लेटका गाडीहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्ने गरी माइकिङ, सांगितिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको आयोगको ठहर छ ।