शुभ नारायण यादव, सप्तरी । महादेवा गाउपालिका वडा नं.१ मा रहेको जनचेतना रा.प्रा.वि.बल्थीमा खाजा कार्यक्रममा अनियमितता भएको स्थानिय अभिभावकको आरोप छ ।
विद्यालयका प्रधानाध्यापक मो.गुलजार उदीनले विगतमा कोरोनाको लकडाउन र बैशाखदेखि हालसम्म विद्यालयका १ सय ३० जना विधार्थीलाई खाजा उपलब्ध नगराएको विधालय ब्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले बताउछन् ।
सो विद्यालयमा बाल, विकासमा १० जना, कक्षा १ मा ३० जना, कक्षा २ मा २५ जना, कक्षा ३ मा २३ जना, कक्षा ४ मा २४ जना, कक्षा ५ मा १८ जना बिधार्थी अध्ययनरत छन् । प्रति विधार्थी १५ रुपैयाँको दरमा सामग्री खरीद गरिने गरेको बि.ब्य.समितिका सदस्य सुमित्रादेवी सदाले बताईन् ।
केही दिन अघि खाजा कार्यक्रमको लागी २२ हजारको खाजाको सामग्री राजविराजवबाट खरीद गरी ल्याएको समान विद्यालय प्रशासनको मिलिभगतमा चोरी भएको बि.ब्य.समितिका सदस्य अमलादेवी सदाको आरोप छन् । उहाँका अनुसार खाजा कार्यक्रमको लागी २२ हजारको समान हाम्रो पहलमा ल्याएको बताइन् ।
स्थानिय अभिभावक मोहमद दाउदका अनुसार विद्यालयको पाठ्यपुस्तक खरीदमा समेत अनियमितता भएको आरोप लगाएका छन् ।