सप्तरी । छिन्नमस्ता गाउँपालिकाले स्थलगत अनुगमनका कार्यलाई तिब्र गतिमा अगाडि बढाएको छ । आज(शुक्रवार) गाउँपालिकाको प्राविधिक सहितको टोलीले वडा नं. ७ मा भईरहेको विकासिय कार्यको स्थलगत अनुगमन गरेका छन् ।
वडा नं. ७ हाटीमा भएको विभिन्न कार्यको अनुगमन गर्दा भेटिएको त्रुटि सच्याउँन अनुगमन टोलीले ठाढो निर्देशन दिएका छन् । अनुगमनको क्रममा भेटिएको त्रुटि नसच्याए भुक्तानी समेट रोक्ने चेतावनी टोलीले दिएका छन् ।
अनुगमनमा गापा अध्यक्ष विद्यानन्द चौधरी,उपाध्यक्ष राजुदेवी यादव, वडा अध्यक्ष अछेलाल यादव, प्रमुख प्रशासकिय अधिकृत दिलिप यादव, ईन्जिनियर उमेश यादव, कम्प्युटर अपरेटर भगवान दास, माओवादी केन्द्रका छिन्नमस्ता गापा अध्यक्ष तेजनारायण यादव, स्थानियहरुको सहभागिता रहेका थिए ।
भिडियो हेर्न तलको लिंक खोल्नुहोला ।
https://www.facebook.com/nagarikexpressonline/videos/424405162914189/