सप्तरी । छिन्नमस्ता गाउँपालिकाले गालिका अन्तर्गत विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको सहयोगमा हुन गईरहेको निःशुल्क आँखा शिविर स्वास्थ्य चौकि सखडामा पुस १ गते, स्वास्थ्य चौकि लोखरममा २ गते र ६ नम्वर वडा कार्यलयमा ३ गते विहान ११ बजे देखि ३ बजे सम्म हुने आयोजकले जानकारी दिएका हुुन् ।
आँखा शिविरमा गाउ्रँपालिकाको हजारौँ व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहररूलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिने आयोजकको भनाई छ ।
आयोजकका अनुसार आँखा सम्वन्धि विषेशज्ञले विरामीको जाँच गरिने बताएका हुन् ।
https://fb.watch/hnNJsKDogE/