शुभ नारायण यादव,सप्तरी। सप्तरीको राजबिराज नगरपालिका वडा नं.–१ का ५२ वर्षीय भईयालाल भने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्याको अभियोगमा जिल्ला सप्तरी अदालतले जन्म कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायधिस डा.राजेन्द्रकुमार आचार्यको ईलाशले हत्या गरेको आरोपी रजकलाई जन्मकैद सजाय गरेका हुन्। सप्तरीको राजविराज नगरपालिका वडा नं.–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरालिई बस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीय श्रीमति गीतालाई टाउकोमा धारिलो हतियार प्रहार गरी हिरालालले हत्या गरेका हुन् ।
राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मंसिर १० गते शव फेला परेको थिए ।
मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंसिर १० गते किटानी उजुरी दिएको थिए । यता आरोपिले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालत समेतमा हत्या गरेको स्विकार्दै आफ्नो बयान दिएपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै जन्मकैद फैसला गरिएको छ ।