सप्तरी । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ का एक युवको पासो लगाई झुण्डि रहेको अवस्थामा शव फेला परेको छ ।
घर नजिकै सखडाँ ३ नम्वरको सिमामा रहेका आँपको रुखमा गालामा पासो लगाई झुण्डिएको अवस्थामा सोमबार बिहान छिन्नमस्ता–६ का २१ वर्षीय महेन्द्र मण्डल मृत फेला परेका हुन् ।
आँपको रुखमा मण्डललाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।घटना स्थल पुगेका ईलाका प्रहरी सखडाका प्रहरी टोली खटी स्थलगत रिपोर्ट तयार गरी शवलाई पोष्टमाटमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको थियो ।
परीक्षण पछि शव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।