सप्तरी । छिन्नमस्ता गाउँपालिकाले सप्तरी जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक(sp) अभि नारायण काफ्लेलाई विदाई तथा सम्मान गरेका छन् । आज गाउँपालिकाको सभा हलमा भएको एक कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानिय, नागरिक समाजले विदाई तथा सम्मान गरेका हुन् ।
विदाई समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत ललन यादवले प्रहरी उपरिक्षक(sp) काफ्लेको कामको उच्च सम्मान गर्दै भने मधेश प्रदेशबाट तपाईको सरुवा जुनसुकै ठाउँमा भएपनि मैथली भाषालाई उपहार सरह मिथिलाबाट ग्रहण गरिदिन आग्रह समेत गर्नुभयो । त्यसलगतै समारोहलाई सम्बोधन गर्दै sp काप्mलेले भने, मेरो जन्म भुमि छिमेकि जिल्ला सुन्सरीमा भएको हुनाले जन्मको भाषा मैथलीनै भएको हुनाले मैथलीभाषा प्रतिमेरो उच्च सम्मान रहेको बताउनुभयो ।
उहाँका अुनसार सप्तरी बसाईको १५ महिनामा चुनौति नै चुनौतिको पहाडको विच आम नागरिकको सहयोगले शान्ति स्थापना, नागरिकका समस्या समाधानका साथै स्थानिय चुनाव, प्रदेश र संघको चुनाव सहज रुपमा सफल गर्न सकेको बताए । काम गर्नेले सम्मान पाउँछ र यो सम्मान कार्यक्रमले काम गर्न थप उर्जा मिल्ने sp काफ्लेको भनाई रहेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले स्थानिय तहको निर्वाचनलाई शान्ति पूर्वक सम्मन्न गराउनुमा प्रमुख मोर्चामा रहेका सप्तरी प्रहरी प्रमुख sp काप्mलेको प्रशंसा गर्दै भने तपाईले जनतालाई सहजै भेट नहुने प्रहरी प्रमुखहरु मध्येको एक हुनुहुन्छ, तपाईले लगाउँनु भएको गुण छिन्नमस्ता बासीलगायत सप्तरी बासीले सम्झिरह्ने अध्यक्ष चौधरीको भनाई रहेकोछ । कार्यक्रममा उपाध्याक्ष राजुुदेवी यादव, ३ नं. का वडा अध्यक्ष विजय यादव, समाजसेवी कुलानन्द यादव, समाजसेवी तेजनारायण यादव, विनोद यादव, गापाका कर्मचारी स्थानिय अगुवाहरुको उपस्थिति रहेको थियो ।
प्रहरी उपरिक्षक(sp) अभि नारायण काफ्ले महानगरिय ट्राफिक प्रहरी कार्यलय, सिंहदरवार सरुवा भएका छन् भने सप्तरीको जिल्ला प्रहरी प्रमुुखमा प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले नयाँ जिम्मेवारी लिने छन् ।