राजविराज । सप्तरीको बिष्णुपुर र राजगढ गाउँपालिकाबाट विद्युत चुहावट गर्ने ६ जनालाई बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरी विष्णुपुर गाउँपालिका ४ का ६० बर्षीयनारायण खंग, ३४ बर्षीय बिजय कुमार मण्डल, ६१ बर्षीय राजकुमार खंग, वडा नं ३ बस्ने १८ बर्षीय रबिन्द्र कुमार मण्डल,राजगढ गाउँपालिका ६ बस्ने २४ बर्षीय डोमि राम, १८ बर्षीय सुन्दर कुमार राम पक्राउ परेका छन् ।
प्रहरी र नेपाल बिधुत प्राधिकरणको कर्मचारी संयुक्त टोलीले उनीहरुलाई विद्युत चोरी गर्ने क्रममा नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय (जिप्रका) सप्तरीमा बुझाईएको छ ।