रुपेश यादव, सप्तरी । छिन्नमस्ता गाउँपालिकाले गरेको दरवन्दि मिलानमा श्री माध्यमिक विद्यालय लालापट्टीको ५ वटा शिक्षकदरवन्दी काटिएको दरबन्दी फिर्ता गर्ने भएको छ । विद्यालयको शैक्षिक गतिविति नै उथलपुथल हुने गरी काटिएको शिक्षक दरवन्दीको विषयमा शनिवार अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा गाउँवासी नै संघर्षमा उत्रिए पछि शिक्षकदरवन्दी फिर्ता गर्ने हुने भएको छ।
आज (आईतवार) गाउँपालिकाको तर्फबाट उपमेयर राजुदेवी यादव, शिक्षा संयोजक सन्तोश राई र प्रवक्ता ललन प्रसाद यादवसँग गाउँपालिकाको सभाहलमा भएको संघर्ष समितिसँगको वार्तामा आईतवारबाट पठनपाठन शुरुहुने गरी काटिएको दरवन्दी फिर्ता गर्ने सहमति भएको वार्ता टोलीका सदस्य जयप्रकाश यादवजले बताए ।
मावि लालापट्टीबाट दरवन्दि मिलानका क्रममा मावि अनुदान कोटा एक, निमावि एक, निमावि राहत शिक्षक एक र प्रावि स्थायी दरबन्दी एक तथा बालविकास एक गरी जम्मा ५ वटा शिक्षक दरवन्दी विद्यालयबाट काटी अन्यत्र सारेको विषयमा गाउँवासीनै पालिकाको निर्णय विरुद्धमा संघर्ष उत्रिएपछि निमावि स्थाईको साटो मावि स्थाई सहित बाकीँ काटिएको सम्पूर्ण दरवन्दी फिर्ता गर्ने तथा साटपाट गर्ने प्रवक्ता ललन प्रसाद यादवले बताएका हुन् । हामीले थप यर्थाथ बुझ्न शिक्षा संयोजक संतोष रायलाई फोन सम्पर्क गर्दा कल लागेपनि कुरा हुन सकेन ।
यता वर्तमान वडा अध्यक्ष कै नेतृत्वमा बनेका २१ सदस्य संघर्ष समितिका सदस्य जयप्रकाश यादव, विरेन्द्र यादव, निर्मल यादव, शम्भु खंग, अमरेश यादव, पूर्व वडा अध्यक्ष रामनन्दन पण्डित लगायत सदस्यहरुका अनुासर आईतवार सम्म काटिएको सम्पूर्ण दरवन्दी फिर्ता नभए सशक्त संघर्षमा उत्रिने बताए ।
मावि लालापट्टीबाट दरवन्दि मिलानका क्रममा मावि अनुदान कोटा एक, निमावि एक, निमावि राहत शिक्षक एक र प्रावि स्थायी दरबन्दी एक तथा बालविकास एक गरी जम्मा ५ वटा शिक्षक दरवन्दी विद्यालयबाट काटी अन्यत्र सारेको विषयमा शनिवार गाउँवासी संघर्ष समिति बनाई पालिकाको निर्णय विरुद्ध उक्रिएको विषयमा पालिका फिर्ता गर्ने मनस्थितिमा गरेको छ ।
मावि लालापट्टीबाट ५ वटा शिक्षकदरवन्दी काटिएको विषयले गाउँवासीनै संघर्षमा