सिकेराउतको बिरोधकै बीच उपेन्द्र यादवले गरे कृषि विश्वविद्यालयको शिलान्यास
राजविराज । सिके राउत नेतृत्वको जनमतको बिरोधका बीच व्यापक सुरक्षाकर्मी परिचालन गरी मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर १३ बिषहरियामा जसपा अध्यक्ष उपेन्द्र यादव र मधेशका मुख्यमन्त्री सराेज यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।
कार्यक्रम स्थलमा आउनेबित्तिकै दुबै पहिला शिलान्यास गर्न पुगेका थिए ।
भवनको शिलान्यास पश्चात् अहिले मंचीय कार्यक्रम भइरहेको छ । कार्यक्रमका प्रमुख अतिथि जसपा अध्यक्ष यादव नै छन् ।