पर्सामा समाजवादी विद्यार्थी युनियन पुनर्गठन
सप्तरी । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्सा जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ ।
विद्यार्थी नेता सगिर अलिको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरेको विद्यार्थी युनियन नेपालको अध्यक्ष रमेश यादवले जानकारी दिए । यादवका अनुसार विद्यार्थीहरुले शिक्षा सगै राजनितिक गतिविधिमा पनि पहुज भए मात्र देशको सर्वाङिक विकास हुने बताए ।
शनिवार भएको एक कार्यक्रममा जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्य मन्त्रि लालबाबु राउतको उपस्थितिमा सो कमिटी गठन गरेको हो । कार्यक्रममा युवा खेलकुद विभाग प्रमुख बिक्की यादव पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, समाजवादी विद्यार्थी युनियन नेपालको अध्यक्ष रमेश यादव, उपाध्यक्ष मनिष कुमार स्थानिय विद्यार्थी नेताहरु लगायत दर्जौ विद्यार्थीको उपस्थिति थियो ।