बलानविहुलको अधिकृतलाई उपाध्यक्ष नेतृत्वीय टोलीको निर्देशन
नागरिक एक्सप्रेस डेस्क
राजविराज। सप्तरीको बलान विहुल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई उपाध्यक्ष नेतृत्वीय टोलीले लिखित निर्देशन दिएको छ।
वडा नं १ २,४, ६का वडाध्यक्ष तथा चार जना कार्यपालिका सदस्यसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृतलाई आइतबार आफ्नो मागहरु कार्यन्वयन गर्न निर्देशन दिएको हो।
उनीहरूले कार्यपालिकाको बैठक नियमानुसार सुचना गरि मात्र बसाउन, जिन्सी शाखा र गाउँपालिकाको विविध खर्च कार्यपालिकाको बैठक पश्चात मात्र खर्च गर्न माग गरेको छ । त्यस्तै आर्थिक सहयोग वडाध्यक्षको सिफारिसमा मात्र गर्न भनिएको छ । कात्तिक ३० कारर कर्मचारी पतपुर्तीको सुचना कार्यपालिकाबाट अनुमोदन गराए मात्र गर्न अनुरोध गरिएको छ।
उनीहरूले अर्को निवेदन दर्ता गराएर सुचना समेत माग गरेका छन्।
आ.व २०७९/०८० देखि २०८१ कार्तिक सम्मको दर्ता/चलानी किताब र फर्म सुचिकृतको अभिलेखप्रमाणित प्रतिलिपि
क्रमागत कार्यपालिकाको बैठकको निर्णय, छैठो, सातौं, आठौँ, नवौं, दशौं, गाउँसभाको प्रमाणित प्रतीलीपी माग गरिएको छ।
त्यस्तै आ.व २०७९/०८० देखि २०८१ कार्तिक सम्मको स्थानीय तहमा भएको सबै बैंक खाताहरुको बैंक स्टेटमेन्टको प्रमाणित प्रतिलिपि,शैक्षिक सत्र २०८० र २०८१ को सबै सामुदायिक विद्यालयहरुको विद्यार्थीको हाजिरी प्रमाणित र ईएमआएस रेकर्ड को प्रमाणित प्रतिलिपि र स्वास्थ्य शाखाद्वारा आ.व २०७९/०८० र २०८०/०८१ मा खरिद गरिएको औषधि तथा अन्य सामानको खरिद आदेश, दाखिला प्रतिवेदन र स्वास्थ्य चौकीहरुबाट माग गरिएको माग फारम र दाखिला प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गरिएको छ।
उक्त सुचना सातदिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।