सवियुनियन सप्तरीको अध्यक्षमा श्याम यादव,४७ सदस्यीय जिल्ला समिति गठन
रुपेश यादव,राजविराज । जसपा नेपालका भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालको अध्यक्षमा श्याम कुमार यादव चयन भएको छ । शनिबार सम्पन्न जिल्ला अधिबेशनबाट यादवको नेतृत्वमा ४७ सदस्यीय जिल्ला समिति गठन भएको हो ।
समाजबादी विद्यार्थी युनियन नेपाल सप्तरीका अध्यक्ष संजय कुमार यादवको अध्यक्षतामा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजको सभा हलमा सम्पन्न बन्द सत्रले यादवको अध्यक्षतामा ४७ सदस्य जिल्ला कमिटी घोषणा गरेको जनाइएको छ।
जिल्ला अधिबेशन उद्घाटन समारोहमा प्रमुखबक्ता समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रिय अध्यक्ष तथा जसपा नेपालको केन्द्रिय सदस्य रमेश यादव , जसपा नेपाल मधेस प्रदेश सदस्य किशोर कुमार यादव केसी, जसपा नेपाल सप्तरीको जिल्ला अध्यक्ष केदार प्रसाद यादव , जिल्ला उपसचिव शम्भु कुमार यादव , जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादव , जसपा नेपालको केन्द्रिय सदस्य तथा समाजवादी महिला संघको जिल्ला अध्यक्ष रमिला साहको उपस्थिति थियो ।
यसैगरी मविव क्याम्पस राजविराजका स्ववियु अध्यक्ष रंजित यादव, समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्षद्वय मनिष यादव , बिशेश्वर मण्डल, केन्द्रिय सचिव तारकेश्वर प्रसाद यादव , समाजवादी युवा संघका केन्द्रिय सचिव विशाल मण्डल, समाजवादी युवा संघ मधेस प्रदेश सदस्य सतेन्द्र यादव, समाजवदी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव , स्वबियु सचीव सुनिल मण्डल , कोषाध्यक्ष मेनुका साह, सदस्य बिनय यादव , अनिल यादव लगायत जसपा नेपाल आवद्ध नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।