नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ ।
१२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन स्थल र चितवनका सडक झन्डा तथा प्रचार सामग्री राखेर सजाइएका छन् ।
उद्घाटनअघि तीन ठाउँबाट नेता÷कार्यकर्तासहित ¥याली निकाल्ने तयारी छ । एमालेले महाधिवेशनमा ५ लाख नेता÷कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि एमालेले अरू पार्टीलाई पनि निम्तो दिएको छ ।
एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई एमालेले महाधिवेशनमा बोलाएको छैन ।