राजबिराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका माओवादी केन्द्रको जिल्ला कमिटीको सदस्य जय प्रकाश यादव सहित आधा दर्जन नेताकार्यकर्ताले पार्टी परित्याग गरि एकिकृत समाजवादी पार्टी प्रवेश गरेका छन ।
यादवका अनुसार गाउँपालिका अध्यक्ष पदको लागि आफु प्रमुख उम्मेदवार रहेको र पार्टीले स्थानिय तह चुनावमा गापा अध्यक्षको टिकट नदिएको भन्दै पार्टी छाड्नु परेको बताए । यादवका अनुसार जिल्लाको नेताहरुले हेकमबादी र मनपरी तरिकाले आफु खुशी टिकट वितरण गरेकाले आरोप लगाए ।
साथै जयप्रकाश यादव माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी(एस)बाट आज गापा अध्यक्षको लागि मनोनयन दर्ता गर्ने बताएकाछन् । नेता यादवले स्थानिय तहमा जातपात, भेदभाग र भयरहित समाज बनाउने नाराका साथ चुनावमा जाने बताएका छन् ।