राजविराज । छिन्नमस्ता गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) सखडा अस्पताललाई स्तरोन्नती गरी १५ शैय्याको बनाउने, बर्थिङ्ग सेन्टरको भवनलाई पुन ः निर्माण गरी २४ सै घण्टा सेवा प्रदान गर्ने देखि ५ वर्ष भित्र गाँउपालिकाको आफनो भवन सहित सबै वडाको वडा कार्यालय बनाउने घोषण पत्रमा उल्लेख गरेका छन् ।
बुधबार एक कार्यक्रम गरि छिन्नमस्ता जसपाबाट अध्यक्षको उम्मेदबार सत्यनरायण यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिचाई, पर्यटन, पुर्वाधार, पर्यटन, उद्योग, खानेपानी, सरसफाई, विपद, पुननिर्माण लगायतका विषयवस्तुहरुलाई समावेश गरी १९ बुँदै गाँउपालि स्तरीय घोषण पत्र सार्वजनिक गरेको हो ।