राजविराज । राष्ट्रिय परिचय पत्र विवरणको कार्य स्थगित हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय राजविराजका अनुसार ३० गते हुने स्थानिय तह सदस्य निर्वाचनका लागि परिचय पत्र वितरणको कार्य स्थगित गर्नुपर्ने जनाएको छ ।कर्मचारीहरु निर्वाचनमा खटिने भएकाले राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्य २८ गते देखि ३ गते सम्म वितरणको कार्य स्थगित हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
कार्यलयबाट कर्मचारी निर्वाचन विषेशकार्यका लागि खटिने भएकोले परिचय पत्र वितरणमा कर्मचारी अभावका कारणले स्थगित गर्नुपरेको जिल्ला प्रशासन कार्यलयको भनाई छ ।