जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको हो ।
प्रदेशसभामा आज अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सो बजेट प्रस्तुत गरेका छ्न ।
प्रदेश सरकारले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार प्रतिशत रहेको छ ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ रहेको अर्थमन्त्री साहले प्रस्तुत गरे ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ मा ३३ अर्ब ७९ करोड ३० लाखको बजेट ल्याएको थियो । यो भन्दा आगामी आर्थिक वर्षको बजेट १३ अर्ब बढी हो ।
मधेश प्रदेशले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि मन्त्रालयका लागि समग्रमा पोने ३ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताएका छन ।आगामी-बक्तव्य-बजेट