जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने भएको छ।
पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा असन्तुष्ट जसपाले पार्टीको कार्यकारिणी समिति बैठकबाट अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको हो।
अन्य दलहरुसँग पनि तालमेल नभए पार्टी एक्लै निर्वाचनमा जाने निर्णय भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन्।
नयाँ पत्रिका